नेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य

2 Apr, 2024

एसिसी प्रिमियर कप र टि २० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपाली टिमले एसएमएस फ्रेन्डसिप टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो। नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।

यस्तै, सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाउँदा अनिलकुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ र कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रन बनाए।

८२–५ को दबाबदपूर्ण अवस्थाबाट सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ लगेका थिए।

बरोडाका लागि बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]