करण केसी चम्किँदा हङकङमाथि नेपालको ६ विकेटको जित

19 Oct, 2023

नेपालले त्रिकोणात्मक टि–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार मुलपानी क्रिकेट मैदानम भएको खेलमा बलिङमा करण केसी चम्किएपछि नेपालले हङकङलाई ६ विकेटले हरायो।

हङकङले दिउको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेटको क्षतिम भेट्टायो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। यस्तै, कप्तान रोहिन पौडेलले नटआउट २५ रन बनाउँदा गुल्सन झा १४ रनमा नटआउट रहे।

टस हारेर ब्याटिङ गरेको हङकङ करण केसीले घातक बलिङ गरेपछि १९.३ ओभरमा ९४ रनमै अलआउट भयो। हङकङका दुई खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाए। उसका यासिम मोर्तजाले सर्वाधिक ३६ रन बनाउँदा जिसन अलीले १७ रन बनाए।

नेपालका करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले समान २ विकेट लिए। यस्तै, कुशल मल्ल र मौसम ढकालले समान एक विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]