हङकङविरुद्ध बलिङमा नेपाल, टिममा तीन परिवर्तन

10 Mar, 2024

त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा अहिले नेपाल र घरेलु टोली हङकङ भिडिरहेका छन्। खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ।

नेपालले हिजो हङकङविरुद्ध उतारेको टिममा तीन परिवर्तन गरेको छ। सिनियर फास्टर बलरद्वय करण केसी र अविनाश बोहरा तथा ब्याट्सम्यान लोकेश बमलाई टिममा राखेको छ।

सिरिजअघि शनिबार भएको फ्रेन्डसिप टि–२० आईमा नेपाल हङकङसँग ७४ रनले पराजित भएको थियो।

आसन्न टि–२० विश्वकप र एसिसी प्रिमियर कपको तयारीका लागि आयोजना गरिएको सिरिजका नेपाल र हङकङसँगै पपुवा न्युगिनी पनि छ।

नेपाललाई इनिङको पहिलो बलमै करण केसीले सफलता दिलाएका छन्। उनले इनफर्म ब्याट्सम्यान मार्टिन कोट्जेलाई गुल्सन झाबाट क्याच आउट गराए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]