त्रिकोणात्मक टि–२० सिरिज : हङकङसँग भिड्दै नेपाल

19 Oct, 2023

टि–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरिएको त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा आज नेपालले हङकङको सामाना गर्दै छ। खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ।

पछिल्ला केही महिलाना लागातार उत्कृष्ट क्रिकेट खेलिरहेको नेपालले पहिलो खेलमा युएईलाई सहजै ७ विकेटले हराएको थियो। त्यसैले नेपाल हङहङविरुद्ध पनि त्यस्तै प्रदर्शन दोहोर्याउने दाउमा छ।

युएईविरुद्ध नेपालले सबै क्षेत्रमा राम्रो प्रदर्शन गरेपनि सन्दीप लामिछाने र ललित राजवंशीको अभावमा स्पिनर बलिङमा भने नेपाल केही कमजोर देखिएको थियो। त्यसैले हङकङविरुद्ध नेपाल त्यसमा सुधार गर्नुपर्ने छ।

हङकङका अन्सुमान रथ, बाबर हायत र निजकान्त खानजस्ता उत्कृष्ट खेलाडी रहेकाले नेपालले उनीहरुविरुद्ध सचेत हुनुपर्नेछ।

सिरिजका लिग चरणका सबैखेल मुलापनीमा हुने छन् भने फाइलन कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]