लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

17 Oct, 2023

नेपाल सन् २०२६ मा हुने फिफा विश्वकप छनोट प्रारम्भिक चरणको छनोट पार गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली लाओसलाई १–०ले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

दुई लेगको प्रारम्भिक चरणको छनोटमा नेपालले समग्रमा लाओसमाथि २–१को जित निकाल्यो। यसअघि गत बिहीबार दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

लाओसलाई उसकै मैदानमा हराउने क्रममा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा अग्रता लियो। नेपाललाई मनिषले अग्रता दिलाए। उनले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे।

एक गोलले पछि परेपछि आलोसले नेपालमाथि दबाब बनाएको थियो। इन्जुरी समयमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]