मलेसियाले दियो नेपाललाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य

31 Oct, 2023

कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपालले जितका लागि १६६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमार ९ विकेटको क्षतिमा १६५ रन बनाउँदै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको होे।

मलेसियाका लागि ओपनर सैयद अजिलले अर्धशतक बनाएर उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाए । यस्तै, जुवाइदी जुल्किफीले १६ बलमा २६ तथा सर्विन मुनियान्डी र विजय उनीले समान १३ रनको योगदान दिए।

बलिङमा नेपालका लागि अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र रोहितकुमार पौडेलले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]