मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल पराजित

16 Mar, 2024

विश्वकप छनोटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली मलेसियासँग पराजित भएको छ। शुक्रबार राति मलेसियामा दर्शकबिहनि रंगशालामा भएको खेलमा नेपाल मलेसियासँग ५–१को फराकिलो अन्तरले पराजित भयो।

युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपालका लागि समिर तामाङले एक मात्र गोल गरे।

दर्शकविहीन बन्द रंगशालामा भएको खेल ३५–३५ मिनेट गरेर चार ‘हाफ’ सहित खेलाइएको थियो। कुल १ सय ४० मिनेट चलेको खेलमा समीरले ६८औं मिनेटमा गोल गरे।

डरेन लोकले ३१ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि मलेसियाले अग्रता लिएको थियो । उनैले ३५ औं मिनेटमा दोस्रो गोल पनि थपे । त्यसपछि स्टुवार्ट वालकिनले ४६, ड्यानिएल टिङले ४८ र मखरि अजमले मेहदीले १ सय ३५ औं मिनेटमा गोल गरे।

विश्वकप र एसियाकप छनोटमा बहराइनको सामना गर्न अगाडि त्यसको तयारीका रूपमा नेपालले मलेसियाविरुद्ध यस अनौपचारिक अभ्यास खेल खेलेको हो । अब नेपाली टिम बहराइन जानेछ र त्यहाँ चैत ८ र १३ मा खेल्नेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]