टि–२० विश्वकप छनोट : मलेसियाले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा

31 Oct, 2023

घरेलु मैदानमा जारी आईसिसी टी–२० विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याछिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा केहीबेरपछि सुरु हुने खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

मुख्य प्रशिक्षक मोन्टी देसाईले सिंगापुरविरुद्ध खेलेको टिमलाई नै निरन्तरता दिएका छन्।

मलेसियाले भने हङहङविरुद्ध खेलेको टिममा २ परिवर्तन गरेको छ। उसले खिजर हायत र रिजवान हैदरको स्थानमा फित्री साम र अइनुल हाफिज यातिम टिममा राखेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]