मध्यक्रम नचल्दा नेपालले दियाे नेदरल्यान्ड्सलाई १७३ रनको सामान्य लक्ष्य

25 Feb, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेल पनि नेपालले खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल मध्यक्रम चल्न नसक्दा ३ बल बाँकी छँदा १७२ रनमै अलआउट भयो।

जारी सिरिजमा नेपालले बनाएको यो सर्वाधिक ठूलो स्कोर हो। यसअघि नेपालले नामिबियाविरुद्ध १६८ रन बनाएको थियो।

ेनेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ९३ बलमा ८ चौका प्रहार गरे। कुशलले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदरी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। तर, त्यसपछि लागतार विकेट जाँदा नेपाल ९४–६को खराब अवस्थामा पुगेको थियो।

त्यसपछि आठौं विकेटका लागि आरिफ सेख र करण केसीले ३६ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ केही उसकासेका थिए।

कुशलबाहेक करण केसीले २७ बलमा २ छक्का र १ चौका मद्दतमा २६ रन बनाउँदा आरिफसले ५० बलमा १ चौका मद्दतमा २२ रन बनाए। यस्तै, आसिफले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपाललाई सस्तैमा रोक्ने क्रममा आर्यन दत्त र भिभिअन किंग्माले समान २ विकेट लिँदा बास डे लिडले २ विकेट लिए।

जारी सिरिजमा नेपाल र नेदल्यान्ड्स दुवैले समान १ खेल जितेका छन्। यो सिरिजको अन्तिम खेल हो।

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सातौं विकेटका रुपमा क्रिजमा टिकीरहेका कुशल भुर्तेललाई गुमाएको हो। भान डे मर्वेको बलमा आउट हुनुअघि उनले

कुशलले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। त्यसपछि लागतार विकेट जाँदा नेपाल दबाबमा परेको हो। आसिफ १७ रन बनाए।

नेदरल्यान्ड्सका भिभन किंग्मा र बास डे लिडले समान २ तथा आर्यन दत्त र मर्वेले समान १ विकेट लिए। ताज अवस्थामा नेपाल ३७ ओभरको समाप्तिमा १२२–६को अवस्थामा छ।