छक्का हान्दै अनिलले बनाए अर्धशतक

17 Feb, 2024

नेपालका टप अर्डर ब्याट्सम्यान अनिल साहले नेदल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। आईसिसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अनिलले छक्का प्रहार गर्दै २९ बलमै अर्धशतक बनाए।

अनिलको अर्धशतक मद्दतमा १३७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल जित नजिक छ। अर्धशतक प्रहार गर्ने क्रममा अनिलले ५ चौका र ४ छक्का प्रहार गरे।

लामो समयपछि टिममा पुनरागन गरेका अनिलको उत्कृष्ट फर्ममा छन्। उनले क्यानडाविरुद्धको सिरिजका २ खेलमा एक अर्धशतक र शतक प्रहार गरेका थिए।

ताज अवस्थामा नेपाल १४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १३० रन बनाएर खेलिरहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]