ओमानविरुद्ध नेपाल ब्याटिङमा, दीपेन्द्रको स्थानमा सन्दीपलाई मौका

5 Nov, 2023

टि–२० विश्वकप छनोटको फाइलनमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

फाइलन पुग्दै १० वर्षपछि विश्वकपमा छनोट भइसकेको नेपालले टिममा एक परिवर्तन गरेको छ। चोटमुक्त हुँदै सेमिफाइनल खेलेको दीपेन्द्रसिंह ऐरीको स्थानमा मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप जोरालाई मौका दिएका छन्।

नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]