चार्ल्स र फ्लेचरको अर्धशतकमा वेस्टइन्डिज एले दियो नेपाललाई २१० रनको लक्ष्य

2 May, 2024

टि–२० सिरिजको चौथो खेलमा वेस्टइन्डिज एले नेपाललाई २१०को ठूलो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले जोन्सन चार्ल्स र आन्द्रे फ्लचरको अर्धशतक मद्दतमा ३ विकेटको क्षतिमा २०९ रन बनायो।

उसका लागि फ्लेचरले ५९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए भने अघिल्लो खेलमा शतक बनाएका चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्का मद्दतमा ५८ रन बनाए।

यी दुईले दोस्रो विकेटका लागि ९२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै फाबियन एलेनले १९ बलमा २ चौका र ३ छक्का मद्दतमा ३३ रन बनाए। एलेनले फ्लेचरसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए।

बलिङमा नेपालका पार्टटाइम लेगस्पिनर कुशल भुर्तेलले ४ ओभरमो २३ रन मात्र खर्चेर २ विकेट लिए भने अर्को विकेट प्रतिश जिसीले लिए। नेपालको फिल्डिङ सामान्य मात्र रह्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]