सोमपालको उत्कृष्ट बलिङ, वेस्टइन्डिज एले दियो १७३ रनको लक्ष्य

4 May, 2024

५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज एले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनायो।

वेस्टइन्डिज एका लागि एलिक एथानाइजले सर्वाधिक ४२ रन बनाए। उलने २९ बलम १ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोस्ट चेसले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।

वेस्टइन्डिजलाई थोरै योगफलमा रोक्ने क्रममा सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सागर ढकालले २ ओभरमा १७ रन खचर््ेर ३ विकेट लिए। अर्को विकेट अविनाश बोहराको नाममा रह्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]