नेपालले वेस्टइन्डिज एसँग टि–२० सिरिज खेल्ने, यस्तो छ तालिका

9 Apr, 2024

टि–२० विश्वकपको तयारीका लागि नेपाली राष्ट्रिष्य क्रिकेट टिमले वेस्टइन्डिजनको ए टिमसँग टि–२० सिरिज खेल्ने भएको छ।

नेपाल र वेस्टइन्डिज एबीचको ५ खेलको टि–२० सिरिज कीर्तिपुरस्थित टियू मैदानमा अप्रिल २७बाट सुरु हुनेछ।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ।

खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी(२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]