१० वर्षपछि विश्वकपमा पुगेको नेपाली टिमलाई प्रधानमन्त्रीले दिए बधाई

3 Nov, 2023

नेपाली क्रिकेट टिम १० वर्षपछि टि–२० विश्वकपमा पुगेको छ। शुक्रबार भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि विश्वकपमा पुगेको हो।

नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली टिमलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टोलीलाई दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन्।

‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]