नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

10 Mar, 2024

नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात चैत २ गते मलेसियामा हुने एन्फा महासचिव किरण राईले जानकारी दिए। त्यसका लागि नेपाली टोली मार्च १३ मा मलेसिया जानेछ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा नेपाली टोलीले विश्वकप छनोटको खेलका लागि तयारी गरिरहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]