महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीले लिइन् खेल जीवनबाट सन्न्यास

19 Mar, 2024

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्न्यासको घोषणा गरेकी छिन्।

नेरीले सोमबार समाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी हुन्।

सन्न्यासको घोषणा गदैृ उनले १७ वर्षे क्रिकेट यात्रामा साथ दिने परिवारलगायत सबैलाई विशेष धन्न्यावाद दिएकी छिन्।

सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी जनाउँदा नेरी टिमको कप्तान थिइन्। उनको कप्तानीमा नेपालले एसीसी वुमन्स प्रतियोगिता फाइनलमा बंगलादेशसँग हारेको थियो।

एथ्लेटिक्सबाट खेलकुदमा होमिएकी नेरीले २००७ देखि २०१९ सम्म नेपाली टोलीमा लगातार खेलेकी थिइन्। नेरीले सिनियर टिममा नेपाललाई उपाधि दिलान नसके पनि नेरीले सन् २००८ र २०१०मा एसिसी यू–१९ वुमन्स च्याम्पियनको उपाधि भने दिलाएकी थिइन्।

नेरीले सन् २०११ मा कुवेतमा भएको एसिसी वुमन्स टी–२० प्रतियोगितामा नेपालको कप्तानी गरेकी थिइन्।

घरेलु क्रिकेट भने नेरीले एपिएफबाट खेलेकी थिइन्। तर, पछिल्लो समय भने फिटने र नयाँ खेलाडी मौका दिँदा उनले कमैमात्र खेल्ने अवसर पाएकी थिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]