एनएसएलमा आज २ खेल हुँदै

25 Nov, 2023

नेपाल सुपर लिग एनएसएलमा आज २ वटा खेल हुने भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ साढे ५ बजे गरी २ वटा खेल हुने भएका हुन्।

दिउँसो १ बजे हुने खेलमा पोखरा थन्डर्स र एफसी चितवन आमने सामने हुने छन् । दुवै टिम विजयी सुरुआत गर्ने लक्ष्यमा हुने छन् ।

यसैगरी आजै साँझ साढे ५ बजे ललितपुर सिटी एफसी र वुटवल लुम्बिनी आमने सामने हुने छन्।

यी दुवै टिमले पनि पहिलो जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्य लिएका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले स्र्पोटिङ इलामलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]