यू–१६ महिला साफमा भारतसँग खेल्दै नेपाल, फाइनल पुग्न नेपाललाई जित आवश्यक

7 Mar, 2024

राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ।

चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।

आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ। बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो। भारत बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

नेपालले भुटानमाथि ३–० को जित निकालेको छ। यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग २–० ले पराजित भएको थियो।

यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुनेछ । भुटान दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]