राखेपले दशरथ रंगशाला आफैं संरक्षण गर्ने

19 Mar, 2024

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ।

राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप आफैले संरक्षण गर्ने भएको हो।

संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको छ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धन राखेपले नै गर्ने भनी उल्लेख छ।

उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको छ