रियल उपाधिबाट ४ अंकमात्र टाढा

27 Apr, 2024

रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। शुक्रबार राति भएको खेलमा रियल सोसिडाडलाई १–०ले हराउँदै रियल उपाधि नजिक पुगेको छ।

रियल अब उपाधिबाट ४ अंकमात्र टाढा छ। बाँकी ५ खेलमा ४ अंक जोड्न सके रियल च्याम्पियन बन्ने छ। ३३ खेलमा रियलको ८४ अंक छ भने एक खेल कम खेलेको बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ।

रियललाई जित दिलाउन टर्किस युवा खेलाडी अर्डा गुलेरले निर्णायक गोल गरे। १९ वर्षीय गुलेसरले २९औं मिनेटमा गोल गरेका थिए। पहिलो खेलको स्टार्टिङ लाइनअपमा परेका गुलेरको यो रियलका लागि दोस्रो गोल हो।

खेलमा रियल सोसिडाडले २ गोल गरेका थियो, तर दुवै गोल भारमार्फत रद्द भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]