सन्दीपको मुद्दाको पेशी वैशाख १६ गतेलाई तोकियो

22 Apr, 2024

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले पुनरावलेदन निवेदनमा पाटन उच्च अदालतले वैशाख १६ गतेका लागि पेशी तोकेको छ।

सन्दीपको मुद्दाको पेशी आज न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजशालामा तोकिएको थियो। उनको मुद्दा आठौ नम्बरमा थियो। तर, उच्च अदालतले सो मुद्दालाई आज हेर्न नभ्याइनेमा राखेको थियो।

गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो। ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]