उच्च अदालतमा सन्दीपको पुनरावेदन दर्ता, चैत १२ मा पहिलो तारिख

22 Feb, 2024

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। केहीबेर अघि पाटन उच्च अदालत पुगेर सन्दीपले पुनरावेदन निवेदन दर्ता गराएका हुन्।

सन्दीपले जिल्ला अदालतको फैसला बदरको माग गर्दै पुनरावेदन दिएका हुन्। निवेदन दर्ताका लागि सन्दीप कानुनव्यवसायी र दाजुसँगै उच्च अदालत पुगेका थिए।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्धामा सन्दीपलाई पुस १३ गते दोषी ठहर गरेको थियो। जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो।

निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]