सन्दीपविरुद्धको बलात्कार मुद्दामा दुबै पक्षबाट बहस नोट मागियो, अर्को पेसी मंसिर २४ मा

9 Nov, 2023

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले पक्ष–विपक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ।

दुबै पक्षको बहस सकिएपछि न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट बुझाउन आदेश दिएको हो । अन्तिम सुनुवाईका लागि अर्को पेशी मंसिर २४ गतेका लागि तय भएको छ।

सर्वोच्च अदालतले उक्त मुद्दालाई यसअघि चाँडै टुंगो लगाउन जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले राष्ट्रिय खेलाडी भएको बताउँदै सन्दीपलाई विदेशजाने अनुमति समेत दिएको थियो।

सन्दीपविरूद्धको मुद्दामा ८ महिनासम्म सुनुवाइको टुंगो लाग्न सकेको छैन । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा दिएको जाहेरी अनुरुप मुद्दा चलाइएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]