नोपलसँग सिरिज खेलिरहेका तीन खेलाडी वेस्टइन्डिजको विश्वकप टिममा

4 May, 2024

नोपलसँग ५ खेलको टि–२० सिरिज खेरिहेको वेस्टइन्डिज एका तीन खेलाडी वेस्टइन्डिजको विश्वकप टिममा परेका छन्।

वेस्टइन्डिजले रोवमन पावेलको कप्तानीमा घोषणा गरेको १५ सदस्यीय टिममा नेपालमा रहेका ओपनर जोन्सन चार्ल्स, अलराउन्डरद्वय रोस्टन चेस र गुडाकेश मोती छन्।

तीनै जनाले नेपालविरुद्धको सिरिजमा उत्कृगट प्रदर्शन गरेका छन्।

विश्वकप आयोजक वेस्टइन्डिज समूह ‘सी’ मा रहेको छ भने समूहमा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्युगिनी र युगाण्डा रहेका छन् । टोलीले आफ्नो पहिलो खेल जुन २ मा पपुवा न्युगिनीसँग गुयानामा खेल्नेछ।

वेस्टइन्डिज टिम रोवमन पावेल, अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाइ होप, अकिल हुसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफेन रदरफोर्ड र रोमारियो शेफर्ड।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]