भारतलाई हराउँदै बंगलादेशले जित्यो यू–१६ महिला साफ

10 Mar, 2024

यू–१६ महिला साफ च्याम्पियसिपको उपाधि बंगलादेशले जितेको छ। आइतबार एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ३–२ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।

बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा बंगलादेशकी गोलकिपर इयरजान बेगमले उत्कृष्ट बचाउ गर्दै टिमलाई च्याम्पियन बनाइन्।

त्यसअघि खेलमा अग्रता भने भारतले लियो। चौथों मिनेटमा अनुष्का कुमारीले भारतलाई अग्रता दिलाइन्। तर, ७०औं मिनेटमा मरिम हन्नाले बंगलादेशका लागि बराबरी गोल फर्काइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]