यू–१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

8 Nov, 2023

यू–१९ एसिया कपमा नेपाल भारत र पाकिस्तान रहेकै समूहमा परेको छ। एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह एमा नेपाल, भारत र पाकिस्तानसँगै अफगानिस्तान छन्।

यस्तै, समूह बीमा बंगलादेृश, श्रीलंका, युएई र जापान छन्। दुई साताअघि मलेसियामा भएको छनोट प्रतियोगिताको उपाधि जित्दै नेपाली टिम एसिया कपमा छनोट भएको थियो।

डिसेम्बर ८ बाट युएईमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले दोस्रो खेल डिसेम्बर १०मा अफगानिस्तानसँग खेल्ने छ भने समूहको अन्तिम खेल भारतसँग डिसेम्बर १२ मा खेल्नेछ। समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]