च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पराजित भएको छ। बुधबार राति भएको खेलामा पिएसजी जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–०ले पराजित भएको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा डर्टमन्डलाई जित दिलाउन निकलस फुलक्रुगले गोल गरे। उनले २६औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि पनि दुवै टिमले गोलका थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।
खेलमा पिएसजीले ५८ प्रतिशत बल पोजेसन बनाउँदै डर्टमन्डमाथि दबाबमा बनाएको थियो। उसले १४ सट प्रहार गरेको थियो भने त्यसमध्ये ३ सट फ्रेममा थियो। यता, डर्टमन्डले १३ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।
सेमिफानलको दोस्रो लेग आउँदो मंगलबार राति हुनेछ।