हामीले क्षमता अनुसार खेलन सकेनौं : मुख्य प्रशिक्षक एनेस

22 Nov, 2023

फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरोको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–०ले पराजित भयो।

घरेलु मैदानमा पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली खेलाडीले क्षमताअनुसार खेल्न नसकेको बताए। पोस्ट म्याच कन्फ्रेन्समा उनले टिमबाट आफूले यो प्रदर्शनको अपेक्षा नगरेको बताएका छन्।

दोस्रो हाफमा नेपालका हिसुब थपलियाले यमनका किपरसँग वान भर्सेस वानमा गोल गर्न सकेको भए खेलको नतिजा अर्कै हुने उनले बताए।

‘यमनले अम्याजिङ गोल ग¥यो । हामीले अर्को गल्ती गयौं, उनीहरुले अर्को गोल थपे,’ उनले भने, ‘नेपालले घरेलु टोलीमा खेलेको टिममध्ये यमन राम्रो टोली हो।’

एनेसले राम्रो खेल्न नसकेकोमा आफूहरुले माफी माग्नुपर्ने बताएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]