तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ।
नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले गरे।
उनले कार्यक्रमको उद्घाटन गर्दै खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको बताए।
खेलाडीहरुको हकअधिकारका लागि ठाउँमा पुगरे ठोस तवरबाट आवाज उठाउने वा बोल्ने काम कम भएको हुँदा सोचे अनुरुपको खेल क्षेत्रले विकास गर्न नसकेको सदस्यसचिव बस्नेतले बताए।
सरकारले भर्खरै बजेट ल्याएको छ। खेलकुदलाई बजेट विनिेयोजन उत्साहका साथ गरेको देखिँन्दैन । खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्नका लागि हरेक सरकारले कन्चुस्याइँ गर्ने गरेको सदस्यसचिव बस्नेतले बताए।
सरकारसँग सामाजिक विकास मन्त्रालयका लागि छुट्याएको बजेटमध्ये एक तिहाई प्रदेश खेलकुद विकास बोर्डलाई छुट्याउन माग गरेको सदस्यसचिव बस्नेतले भने।
‘खेलकुद चलायमान बनाउनका लागि पर्याप्त बजेट जरुरी छ। सरकारलाई खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुट्याइ दिन पनि आग्रह गर्दछु,’ उनले भने, ‘खेलाडीहरुले गर्वका साथ खेलेर बाँच्न सक्ने आधार अझै पनि निर्माण भएको छैन। खेलेर आफ्नो जीवनयापन गर्न सक्ने आधार हामीहरु जस्ता खेलकुदमा लागेकाहरुले बनाइ दिनुपर्छ।’
६ दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षणमा काठमाडौंबाट आएका टार्जन सुब्बा र नर्भु लामाले सहजीकरण गर्ने छन्। प्रदेशका ५० जना प्रशिक्षकहरुको सहभागिता रहेको र प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै खेलका नयाँ रणनीति र खेल नियमबारे जानकारी गराई तेक्वान्दो संघ मोरङका अध्यक्ष दीवस नेपालले बताए।
पूर्ववरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, कोशी खेलकुद विकासका प्रशिक्षण प्रमुख शोभितराज प्रसाईं, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष विनायक पन्त, नेपाल तेक्वान्दो संघ विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतले शुभकामना दिएका थिए।