तौल बढी भएपछि भारतकी कुस्ती खेलाडी फोगातले गुमाइन् ओलम्पिक फाइनल

7 Aug, 2024
Share:
117 Shares

भारतीय कुस्ती खेलाडी विनेश फोगोतले ओलम्पिकको फाइनल खेल्न नपाउने भएकी छिन्।

महिलाको ५० किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी फोगातले तौल बढी भएपछि फाइनल गुमाएकी हुन्।

फाइनलअघि गरिएको परीक्षणमा उनको तौल १ सय ग्राम बढी भएको थियो। तौल घटाउन उनी रातभर नसुते पनि तौल भने कम भएन। योसँगै उनी फाइनलका लागि अयोग्य भएकी हुन्।

भारतले फोगातबाट स्वर्णको अपेक्षा गरेको थियो। फाइनल यात्राका क्रममा उनले ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनल, क्वाटरफाइनलमा युक्रेनकी ओक्सना लिभाच र सेमिफाइनलमा क्युबाकी गुज्मानलाई हराएकी थिइन्।

उनी अयोग्य भएपछि अमेरिकाकी साराह हिल्डेब्रान्ड्ट खेल्दै नखेली स्वर्ण जित्नेछिन्।