स्यान्टुले पेरिस ओलम्पिकमा पहिलो चरणमा सेनेगलका खेलाडीसँग खेल्ने

25 Jul, 2024
Share:
117 Shares

काठमाडौं, साउन १० नेपाली टेबल टेनिस खेलाडी श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने भएका छन्।

सार्वजनिक तालिका अनुसार टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टुले सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्ने तय भएको हो।

पुरुष सिंगल्समा कूल ६७ खेलाडीको सहभागिता छ। जसमा वरीयतामा पछि रहेका खेलाडीहरुबीच प्रारम्भिक चरणमा खेल हुनेछ।

प्रारम्भिक चरणमा कूल ३ खेल हुनेछ। यस चरणका विजेता खेलाडीहरु राउण्ड अफ ६४ मा प्रवेश गर्नेछन्।

पेरिस ओलम्पिकमा छनोट चरण पार गर्ने स्यान्टु नेपालका एकमात्र खेलाडी हुन्।