सिनरले जिते यूएस ओपनको उपाधि

9 Sep, 2024

विश्व नम्बर १ यानिक सिनरले टेलर फ्रिट्जको चुनौती पार गर्दै आइतबार यूएस ओपन–२०२४ को उपाधि जितेका छन्।

यो वर्ष उनले जितेको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो। उनले जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि पनि हात पारेका थिए।

फ्लेसिङ मेडोसमा भएको फाइनलमा इटालीका सिनरले अमेरिकी प्रतिद्वन्द्वी फ्रिट्जलाई ६–३, ६–४ र ७–५ ले हराए । सन् १९७७ यता सिनर आफ्ना सुरुआती दुई ग्रान्ड स्लाम उपाधि एकै वर्ष जित्ने पहिलो खेलाडी पनि बने।

यसअघि यस्तै उपलब्धि गुलेरमो भिलासको नाममा थियो । यस्तै २३ वर्षीय सिनर यूएस ओपनको पुरुष एकल जित्ने पहिलो इटालीका खेलाडी पनि बने । डोपिङको आरोपबाट मुक्त भएको १९ दिनपछि उनले अहिलेको सफलता आत्मसात् गरेका हुन् ।मार्चमा दुई पल्ट उनी शक्तिवर्द्धक प्रतिबन्धित औषधि प्रयोगमा दोषी पाइएको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]