सन्दीपले इयू टि-२० लिग खेल्ने

18 Mar, 2026
Share:
117 Shares

नेपाली राष्ट्रिय टिमका स्टार क्रिकेटर सन्दीप लामिछानेले बेल्जियममा हुने पहिलो संस्करणको इयू टि–२० लिग खेल्ने भएका छन्।

विश्वका प्रायः सबै फ्रेन्चाइजी लिग खेलिसकेका सन्दीपलाई लियज रेड लायन्सले अनुबन्ध गरेको छ। रेड लायन्सले सन्दीपलाई प्रि साइनमार्फत टिममा भित्र्याएको हो।

हर्षल गिब्स मुख्य प्रशिक्षक रहेको रेड लायन्यसले अस्ट्रेलियाका पूर्वक्रिकेटर क्रिस लिन र न्युजिल्यान्ड तथा अमेरिकाका पूर्वक्रिकेटर कोरी एन्डरसनलाई अनुबन्ध गरेको छ।

मे ३० देखि जुन ७ सम्म आयोजना हुने लिगका लागि अन्य खेलाडीहरु अक्सनबाट छनोट हुने छन्। अक्सनमा दीपेन्द्रसिंह ऐरी, ललित राजवंशीलगायत १५ खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका ६ टिम सहभगाी हुन् छन्।