मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल चैतको तेस्रो साताबाट सुरु हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक साहरा क्लब आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट सुरु हुने जनाएको हो ।
ए डिभिजन, मोहफसल र विदेशी क्लब गरी १२ टिम सहभगाी हुने प्रतियोगिता चैत २८ सम्म चल्ने छ । पत्रकार सम्मेलनमा साहरा क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले कोरोना भाइरसको महामारीका कारण टिम र संख्या र विदेशी खेलाडीका आगमन बारे तत्काल भन्न नसकिने बताए ।
ुहामी असहज परिस्थितिमा छौँ त्यसैले तत्काल नै केही प्रतिबद्धता दिन मिल्दैन टिकट शुल्क हेरेर पुरस्कार राशी राखिन्छ,’ अध्यक्ष थापाले भने ‘प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी पनि सार्वजनिक गरेका छैनौं सहभागी टिमहरुको एकिन भएपछि सबै सर्वाजनिक गरेका छौं।’
प्रतियोगिताकोे अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहको क्लबले जनाएको छ । गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो । गत सिजन विजेताले मनाङले १० लाख १ हजार र उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिसदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । क्याराभान गोल्डकप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।