ओलम्पिक छनोटमा नेपाली बक्सर अन्जनी तेली प्रि–क्वाटरफाइनलमा

29 May, 2024

नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन्।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन्।
सो खेल शनिबार हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]