एसियाडकी रजत विजेता एरिकाले अमेरिका जितिन् १ स्वर्ण र १ रजत

1 Apr, 2024

नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।

१९औं एसियाडकी रजत विजेता एरिकाले यू(२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९(० ले पराजित गरेकी थिइन् ।

यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३(२ ले पराजित भइन् ।

नेपालबाट सहभागी अर्का खेलाडी विप्लपलाल श्रेष्ठ भने सेमिफाइनलमै रोकिए । नेपाली टोलीको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]