यू–१९ क्रिकेट टिममा ओपनर अर्जुन कुमाल सम्मानित भएका छन्। शनिबार उनलाई उद्योग वाणिज्य संघ गुल्मीले सम्मान गरेको हो।
तम्घासमा भएको संघको ३१औं साधारणसभामा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे।
छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले अर्जुनलाईसम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको पौलेलको भनाइ छ।