नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा एट्लेटिका मड्रिडले सानदार जित निकालेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेमाथि ५-०को जित निकाल्यो।
घरेलु मैदानमा टिमलाई जित दिलाउन गुइलिआनो सिमोनले २ गोल गरे भने सामुअल लिनो, एन्जेल कोेरेआ र अलेक्जान्डर सोर्लोथले समान १ गोल गरे।
८औं मिनेटमा सिमोनले गोल गर्दै टिमलाई सुरुआत अग्रता दिलाए। १७औं मिनेटमा उनले नै टिमको अग्रता दोब्बर बनाए। लिनोले ४२औं मिनेटमा गोल गरेपनि पहिलो हाफमा एट्लेटिकोले ३-०को अग्रता लियो।
त्यसपछि कोरेआले ७८ र सोर्लोथ ८६औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले ५-०को फराकिलो जित निकाल्यो।