°
, June 4, 2023 in
0

बि डिभिजन लिग आजबाट, पहिलो खेलमा मध्यपुर र नयाँबस्ती भिड्ने

SHARE:

कोरोना भाइरसको महामारीका कारण बीचमै रोकिएको सहिद स्मारक बी डिभिजन लिग आजबाट सुरु हुँदै छ। कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गतेबा स्थागित भएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीचको खेलसँगै बी डिभिजन लिग सुरु हुनेछ। खेल १२ः१५ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लब भिड्ने छन्। खेल दिउँसो ३ः३० बजे हुने छ ।

आजबाट सुरु हुने बी डिभिजन लिग चैत २७ गते आरसिटी र सातदोबाटो युथ क्लबबीचको खेलसँगै सकिनेछ ।

कोरोनाका कारण लिग रोकिनु अघि ३२ खेल भएका थिए। अब ३४ खेल हुने छन्।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *