बी डिभिजन लिग : आरसिटीमाथि श्री भगवतीको पुनरागमन जित, मध्यपुर र टुसालले खेले बराबरी

11 Mar, 2025
Share:
117 Shares

बी डिभिजन लिगमा श्री भगवती क्लब विजयी भएको छ। मंगलबार दिउँसो भएको खेलमा श्री भगवतीले आरसिटी क्लबमाथि ३–१को पुनरागमन जित निकाल्यो।

एन्फा कम्प्लेक्स मैदनमा आरसिटी ३३औं मिनेटमै १० खेलाडीमा समेटियो। उकास कप्तान समिर राई रातो कार्ड पाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै निखिल तामाङले आरसिटीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा पछि परेको भगवती दोस्रो खेल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लियो। ५४औं मिनेटमा विक्रान्स नरसिंह राना गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७७औं मिनेटमा आरसिटीका अमर श्रेष्ठले आत्मघाती गोल गरेपछि श्री भगवतीले खेलमा अग्रता लियो।

त्यसपछि ९०औं मिनेमा विक्रान्सले नै गोल गर्दै श्री भगवतीलाई ३–१को पुनरागमन जित दिलाए।

यस्तै, अर्को खेलमा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले बराबरी खेलेका छन्। एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर र टुसालले १–१ को बराबरी खेले।

मध्यपुरका लागि सन्तोष गोङ्गवाले ४१औं मिनेटमा गोल गरे भने टुसालका विनोद नेम्वाङले ६४औं मिनेटमा बराबरी गोल फर्काए।