थ्री स्टारलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

22 Feb, 2025
Share:
117 Shares

मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै सावित विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको हो।

मछिन्द्रको जीतमा शिशिर लेखीले खेलको ४२औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे।

थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औं मिनेटमा सुरुवाती अग्रता बनाएपनी खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच मछिन्द्रका देवेन्द्र तामाङ घोषित भए ।

मछिन्द्रले अब उपाधिका लागि सोमबार चर्च ब्र्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ।