बागमती गोल्डकपको उद्घाटन खेलमा बागमती युवा क्लब विजय

15 Feb, 2025
Share:
117 Shares

सातौं संस्करणको बागमती गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुआत गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको हो।

बागमतीको जितमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा निर्णायक गोल गरे। खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए।

प्रतियोगितामा फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए।