°
, June 7, 2023 in

भुटनिज क्लब बागमति गोल्डकपको सेमिफाइनलमा

SHARE:

अमेरिकन क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाइएससी) मकवानपुरमा जारी पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको क्वाटरफाइनलमा ए डिभिजन कलब हिमालयन शेर्पा क्लबलाई २–०ले हराउँदै बीवाइएससी अन्तिम चारमा प्रवेश गरेको हो।

बागमती गाउँपालिका–८ स्थित जनता माविको खेलमैदानमा भएको खेलको दोस्रो मिनटमै प्रविन बस्नेतको गोलमा बीवाइएससीले अग्रता लियो । पहिलो हाफ १–० मै सकियो।

खेलको अन्त्यतिर बीवाइएससीले अग्रता दोब्बर बनायो। ८३औं मिनटमा उसका हेक्टरले गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा तय गराए।

प्रतियोगिताअन्तर्गत शुक्रबार चर्च ब्वाईज क्लब र विभागीय टिम एपिएफ भीड्ने छन्।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

SHARE: