बाजुरा कप फुटबल प्रतियोगिताको उपाधि साईनिङ स्टारलाई

15 Oct, 2025

बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा रानीवन स्पोर्ट क्लव र साईनिङ स्टार युथ क्लवबीच प्रतिष्पर्धा भएको थियो।

निर्धारित समयमा दुवैले १–१ गोल गरेका थिए। थप गरिएको समयमा दुबैले गोल थप्न सकेनन् र पेनाल्टी सुटआउटबाट खेल नतिजा लिनु परेको थियो। रोमाञ्चक पेनाल्टी सुटआउटबाट रानीवनलाई पछाडि पार्दै साईनिङ स्टार कोल्टीले १ गोल ओभरका साथ जित निकालेको थियो।

रानीवन स्पोर्ट क्लवले भने उपविजेतामै चित्त बुझाउनु परेको छ । पेनाल्टी सुटआउटमा साईनिङ स्टारले ८ र रानीवन स्पोर्ट क्वलले ७ गोल गरेका हुन् । प्रतियोगितामा जम्मा २० टिम सहभागी भएका थिए। उक्त २० टिम मध्ये समूह चरणका खेलहरुबाट ८ टिम क्वाटरफाईनल समिकरणको लागी तय भएका थिए भने अन्य टिम बाहिरिएका थिए।

क्टारफाईनल समिकरण पछि ४ टिम बाहिरिँदै सेमिफाईनफमा ४ टिम तय भए अन्ततहः फाईनलमा दुई टिमबीच प्रतिष्पर्धा भएको थियो जसमा साईनिङ स्टार पेनाल्टी सुटआउटबाट विजेता बनेको हो। प्रतियोगितामा विजेता बनेको साईनिङ स्टार युथ क्लवले ६१ हजार नगदसहित ट्रफी, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।

उपविजेता बनेको रानीवन स्पोर्ट क्लवले ३२ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, खेलाडीहरुलाई नगद ५÷५ हजार सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो।

प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेको दिनेश ट्रेर्डस एण्ड अर्डर सप्लायर्सलाई प्रतियोगिता सफल पार्न महत्त्वपूर्ण सहयोग गरेकोमा कदरपत्रले सम्मानित गरिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]