अन्तरविद्यालय बास्केटबलमा पृथ्वी र बीएनए विजयी

Read Time:2 Minute

पृथ्वी र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन्।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा पृथ्वीले पारा माउन्टलाई ३०–१९ ले पराजित ग¥यो । विजेताका गौतम मगरले २६ अंक जोडे । बीएनएले युनिभर्सिटीलाई ३३–१७ ले हरायो । बीएनएका सन्देश गौतमले २० स्कोर गरे।

सिनियर ब्वाइजमै आयोजक भ्याली पब्लिकले मिश्रित नतिजा निकाल्यो । टीआईएले आयोजक भ्याली पब्लिक ‘बी’ माथि २८–२६ को कठिन जित दर्ता ग¥यो । टीआईको जितमा कृष्ण महर्जनले ९ अंक योगदान गरे । आरोध कार्कीको १२ अंक सहयोगमा भ्याली पब्लिक ‘ए’ ले बीएमसीएलाई ३९–२५ ले पन्छायो ।

ग्रिनल्यान्डले भद्रकालीलाई ५०–२५ को फराकिलो अन्तरले निराश पा¥यो । विजयी टिमका लागि दिवस भुजेल र रोहन श्रेष्ठले समान १५–१५ अंक बटुले ।

जुनियर ब्वाइजमा बीएनएले एनसीसीएसलाई ३२–१७ तथा भ्याली पब्लिकले डाफोडिललाई १६–७ ले पराजित गरे । बीएनएका एलेक्स गुरुङले १२ तथा भ्याली पब्लिकका छिमे तामाङले ७ अंक जोडे।

सिनियर गल्र्समा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१४ तथा पृथ्वीले विस्डमलाई ३६–१० ले हराए । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० तथा पृथ्वीकी दावा ल्हामु गुरुङले १४ स्कोर गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१९ राष्ट्रिय क्रिकेट : सुदरपश्चिमको लगातार तेस्रो जित, कर्णालीकाे पहिलाे जित
Next post जर्मनी र स्पेपनले खेले बराबरी, रोमाञ्चक बन्यो समीकरण
Close