मछिन्द्रलाई हराउँदै थ्री स्टार विराट गोल्डकपको सेमिफाइनलमा

8 Mar, 2025

थ्री स्टार क्लब विराटनगरमा जारी नवौ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार साँझ सहिद रंगशालामा भएको खेलमा अघिल्लो साता मात्र केपी ओली कप जितेको मछिन्द्र क्लबलाई २–१ गोलले हराउँदै थ्री स्टार क्लब सेमिफाइनलमा पुगेको हो। ्

थ्री स्टारको जितमा आशिष चापागाईं र दीपेश घलेले गोल गरे भने मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरेका थिए।

थ्री स्टारले १५औं मिनेटमा आशिषको गोलमा सुरुआती अग्रता लियो। उनले एन्जल महर्जनको पासमा गोल गरेका थिए। २५औं मिनेटमा दीपेशले थ्री स्टारको अग्रता दोब्बर बनाए।

८९औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा थ्री स्टार विजयी भयो।

योसँगै थ्रीस्टारले बुधबार कपिलबस्तु तिलौराकोट गोल्डकपको फाइनलमा प्राप्त हारको बदला थ्री स्टारसँग लिएको छ।

अब थ्री स्टारले फाइनल प्रवेशका लागि आइतबार विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। आर्मी मोरङ ११ लााई हराउँदै सेमिफाइनलमा पुगेको हो।