प्रदेश १ को प्रतिष्ठित र पुरानो नकआउट फुटबल प्रतियोगिता विराटगोल्ट तीन वर्षपछि आयोजना हुने भएको छ। आयोजक विराट गोल्डकप ट्रस्टले गोल्डकप आयोजनाको तयारी गरिरहेको छ।
ट्रस्टले प्रतियोगिता चैत २६ गतेबाट आयोजना गर्ने गरी तयारीलाई तिब्रता दिएको जनाएको छ। दिवा रात्रीमा आयोजना हुँदै आएको विराटन गोल्डकप फ्लर्ड लाइटको समस्याका कारण रोकिँदै आएको थियो। प्रदेश सरकारले विराटनगरस्थित सहिद रंगशालमा फ्लर्ड लाइट जडान गरेपछि ट्रस्टले प्रतियोगिता आयोजनाको तयारी गरेको हो।
प्रतियोगिताका आयोजनाका लागि एन्फाले समेत स्वीकृति दिइसकेको बताइएको छ। सोही अनुसार ट्रस्टले प्रतियोगितामा सहभागीताका लागि टिमहरुलाई पत्र समेत पठाइसकेको छ । यो पटक प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकले जनाएको छ। जसमध्ये ३ भारतीय र ७ नेपाली टिम हुने छन्।
प्रतियोगिताको विजेताले १५ लाख १५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७ लाख ५१ हजार प्राप्त गर्नेछ ।