क्यामरुनी मिडफिल्डर ब्रायन बेउमो म्यानचेस्टर युनाइटेड आउने भएका छन्। करिब १ महिनाको प्रयास पछि युनाइटेडले २५ वर्षीय मिडफिल्डरलाई क्लबमा ल्याउन सफल भएको हो।
ब्रेनफोर्डले युनाइटेडको पटक–पटकको प्रस्ताव अस्वीकार गरेको थियो। यता, बेउमोले युनाइटेड मात्रै आउने चाहना राखेका थिए।
शुक्रबार युनाइटेड र ब्रोनफोर्ड बोउमोको ट्रान्सफर बारे सहमत भएका हुन्। युनाइटेडले बेउमोका लागि ७० मिलियन पाउन्ड खर्चियो।
युनाइटेड र बेउमोबीच औपचारिक सम्झौतान भने हुन बाँकी छ। यसैसाता मेडिकल परीक्षण पछि औपचारिक सम्झौता हुनेछ।
उनी अब सन् २०३० जुनसम्म म्यान्चेस्टरमा रहने छन्। उनीसँग थप १ वर्ष सम्झौता नवीकरण गर्ने सुविधा पनि हुनेछ।
बेउमोले गत सिजन प्रिमियर लिगमा २० गोल र ८ असिस्ट गरेरका थिए। उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा ब्रेनफोर्डले लिग १० स्थानमा सकाएको थियो।
यता, युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले प्रिसिजन टुरका लागि २२ जुलाईमा अमेरिका प्रस्थान गर्नुअघि नै बेउमोलाई टोलीमा समावेश गर्न चाहेका छन्। प्रिसिजनमा युनइटेडले वेस्टह्याम, बोर्नमाउथ र एभर्टनसँग खेल्नेछ।
सन् २०१०मा ब्रेनफोर्ड आएका बेउमाले क्लबका लागि २४२ खेल खेल्दै ७० गोल गरेका छन्। उनले क्यामरुनका लागि २२ खेल खेल्दै ६ गोल गरेका छन्।
