पूर्वाञ्चलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकप २३औं संस्करण भोलीबाट सुरु हुने भएको छ। आयोजक धरान फुटबल क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
२ वर्षपछि प्रतियोगितामा यो पटक ८ टिमको सहभागीता रहनेछ । यसअघि ए डिभिजनका चर्चित क्लबहरुको सहकभागीता रहँदै आएको प्रतियोगितामा यो पटक ए डिभिजनको एउटा मात्रै टिम सहभागी हुनेछ।
बुढासुब्बा गोल्डकप २३औं संस्करण खेल्ने एक्लो ए डिभिजन क्लब विभागीय टिम नेपाल पुलिस क्लब हो। आयोजकले पुरस्कारको रकम दिन ढिलाइ गरेपछि अन्य ए डिभिजन क्लबले बुढासुब्बा गोल्डकप खेल्न चासो नदिएका हुन्।
शनिबारदेखि सुरू हुने प्रतियोगिता एक सातासम्म चल्ने छ। शनिबार आयोजक धरान एफसी र यूके एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा आयोजक धरान, यूकेएफसी भारत, केबीपीएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, केएफटीसी झापा र मोरङ ११ ले सहभागीता रहनेछ।
आयोजका अनुसार उपाधि विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख पाउने छन्।